नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Thursday, January 26, 2012

संबिधान : माधब प्रसाद कोइराला


संबिधान

पीडाको ओढनी ओढेका
अनिदा नेपाली हरुमा
अब त शान्ती आउला
... फर्कन् होला द्वंन्द
हत्या हिँसा दोहोरिन्न होला
पसिना रगत रोपेको जीन्दगीको फसल
आंगभरि घाम ओढेर
दाइ गर्न पाइने होला
बिदा भएकी चेली
स्कुल गएको छोरा छोरी
घाँस गएकी बुढी आमाँ
धरापमा पर्दैनन् होला
नेपाली लाइ चाहिएको
संविधानको पुस्तक
बजारहरुमा पाइन्छ होला
त्यसमा अपांग,महिला,गरिब,र दलितको
हक सुरक्षीत होला
लागु होला अक्षर सः
र नेपाली आफ्नै माटोमा
रमाइलो दसैँ,तिहार,छठ,होली,
इद,बकरिद,तथा लोसार
मनाउन पाउछन होला

०६८ १० १० मध्यान् २ ३२
माधब प्रसाद कोइराला

No comments:

Post a Comment