नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Friday, May 9, 2014

अराजक अर्चु संग कुलरिम्स को एक रात

12:24 AM 1
अराजक अर्चु संग कुलरिम्स को एक रात

रातको ९ बजिसक्यो , पुष को महिना अत्ति चिसो छ, यस्सो हेर्छुबुडी सुतेर एक निन्द्रा पुर्याई सकी ,म भने अझ त्वितर मा  जिस्कदै छु, अब सुत्नु पर्छ जस्तो लाग्या थियो ड्याम को नोटिफिकेशन देखियो |
_____________________________________________________________

कुलु पिलिज आज मेरोमा आउ न , म आज तिमि संग आजको रात बिताउन चाहान्छु |
नाइँ अब राति भैसक्यो अनि बुडी पनि संगै छ किन आउनु नि फेरी एति राति ?
नाइँ नभन के कुलु पिलिज एकछिनको लागि मात्र भएनी आउ न यार  |
हुन्न भनेसी हुन्न हुन्न |
पिलिज के कुलु पिलिज एक मिनेट को लागि मात्र भए पनि आउ न |
मैले तिम्रो कोठा देखेको छैन कसरि आउनु ?
थ्याङ्क्स गड, लु टिप् मेरो नम्बर ९८#######९ हो अनि लोकेशन तिम्रो टोलको चोक हो |
ओ माइ गड एउटै  टोलमा बसेर नि म  संग जिस्केर मात्र बसेको यत्रो दिन देखि ?
नाइँ के कुलु बाकि कुरो भेटेर गरम्ला पहिला आउ के  |
बुडिलाई के भनेर आउनु नि ?
जे भन तर आउ , म चोक मा तिम्लाई लिन निस्किए , बाइ |

_____________________________________________________
अब के गर्ने , फोन आएको जस्तो गरेर फोन काट्ने बटम मा थिचेर अलि ठुलो ठुलो स्वोर मा भने ' केरे धुलिखेल जानु पर्यो रे, गाडी लफडामा पर्यो रे , अनि को को जाने,' ठुलो स्वोरले गर्दा बुडी उठी अनि भनि के भयो कहा जाने यति राति ? मैले गाडी लफडामा परेर धुलिखेल जानुपर्ने भयो , म जान्छु है सकेसम्म चाडो आउछु अफिसको अर्को दाइ नि जान्छ म संग भनेसी उ मानि र भनि त्यो चेन र घडी फुकालेर जानु र पर्स मा पैसा नि नाबोक्नु है अनि छिट्टो आउनु नि , बिदा पाइयो , एउतै टोल भएनी बाइक निकालेर हिडे अराजक अर्चुको आग्रह मान्न  |

_______________________________________________________________

कत्ति टाइम लगाएको भन्ने स्वोर सुन्दा लाग्यो यो त् परिचित आवाज हो, अँध्यारोमा अनुहार नियाल्न नसकेनि बाइक मा बसालेर लागे उनको कोठा तिर |
दिदि भाइ बस्दा रहेछन भाइ आज मामाको मा गएकाले उ एक्लै रहिछिन , मलाइ अलि संकोच लागिरहेको थियो, असहज महशुस गर्दै छिरियो उनको कोठा भित्र  |

________________________________________________________________

समाजसास्त्रमा यम ए गर्दै रहिछिन उनि , एउटा आइ एन जी ओ मा राम्रै पोस्ट मा काम गर्ने भएकाले राम्रो  कमाइ कोठा मा भएका सामान ले देखाउदै थिए | ठुलो टिभी थियो भब्य सोफा अनि पिङ्क कलरले सजाएका भित्ता मा लोभलाग्दो उनको भब्य ठुलो तस्बिर | सिल्की नाइट शुट मा ज्यादै कामुक तरिकाले सोफामा बसेकी अराजक अर्चु बास्तबमै मलाइ अत्यधिक अराजक हुदैछिन झैँ लाग्यो,

__________________________________________________________

के टोलाएर हेरेको भन्ने उनको आवाज संग झस्कदै भने केहि हैन अनि किन बोलाएको नि ?


क्रमश ..




(यो एक काल्पनिक कथा हो र यसमा प्रयोग गरिएका नाम काल्पनिक मात्र हुन् कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ, धन्यबाद )