नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Tuesday, February 18, 2014

टुइटर परिषद तेश्रो

11:04 PM 9
टुइटर परिषद तेश्रो
देश मा सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ 

टुइटर परिषद लाइ आम जनचाहाना मुताबिक 

कुल कानुन २०७० http://cooolrims.blogspot.com/2014/02/blog-post.html   को भावना र मर्म अनुसार दोश्रो  पल्ट संसोधन गरिएको छ | 


१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसैले  सिकाउन खोज्यो भने घण्टा देखाउने, अमरिकामा बसेर खैरेको चर्च मा घण्टा हल्लाउदै बस्ने

३.उप प्रधान  मन्त्रालय :
कार्य अधिकार :सिक्ने सिकाउने काम गर्ने र दुनियालाई बाउ बनाउने ठाउ मा कार्य गर्ने

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @MadsArea

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost


कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ  
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय :

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने,नाङ्गा फोटा खोज्दै देखाउदै गर्न पछि नपर्ने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा  मन्त्रालय :
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय बताइदिने   |

१०. महिला तथा महिला कल्याण मन्त्रालय : एउटा आँखाले मात्र एकोहोरो हेरिरहेने सुन्दरी अर्थात् 
कार्य अधिकार : टाईम लाइन मा जसले जे सुकै लेखोस बाल दिदै आफ्नै कुरो मात्र एकोहोरो लेखिरहने र महिला को हक र हित टाइम्लाइन मा खोजिरहने  |

११. स्वास्थ्य मन्त्रालय :त्वितर का डाक्टर अर्थात् 
 कार्य अधिकार : मुख देखाउन सधै लजाउने तर् आफु डाक्टर भएपनि देशको मात्रै चिन्ता गरिरहने , सकेसम्म दिनको ८०/९० जना मान्छे लाइ खसी बनाउने कार्य मा तल्लिन रहने  |

१२. समय मन्त्रालय : गाईघाटे गोजे उर्फ भुपाल राउत @GoGoze
कार्य अधिकार : कति बज्यो भनेर घण्टा हल्लाउदै सबैलाई जानकारी दिन नबिर्सने र घडीको ब्यापार गर्ने  |

१३. भाडावाल मन्त्रालय : अरुले  भन्दैनाकी भनेर नामको पछाडी दाइ झुन्ड्याउने लेंदाई उर्फ
कार्य अधिकार : गालि गर्न न छाड्ने चाहे तो राजनेता होस् वा घर नेता

१४. यातायात मन्त्रालय : बिराटनगर को  अन्ते उर्फ अनन्त कोइराला  @AnantaBrt
कार्य अधिकार : राजमार्ग जीवनका मूल आधार भन्ने तर् गाडी एकनास ले दौराउन न सक्ने , कहिले  अगाडी त् कहिले पछाडी मात्र गरिरहने  |

१५ खेलकुद मन्त्रालय : सुजन र अधिकारि उर्फ सुजन  अधिकारी  ‏@nepsoldier03
कार्य अधिकार : खेल लाइ कुदाउदै तेस्को बिकास खोज्न खोज्ने  |

१६ जनसंख्या बृदि मन्त्रालय :बरुणले खोलेको कम्पनि उर्फ बरुण कम्पनि  ‏@brnpkrl
कार्य अधिकार : कम्पनि नै खोलेर जनसंख्या ब्रिधि गर्न सहयोग गर्ने र चिन लाइ उछिन्ने प्रयास गर्ने |

१७.मायालु मन्त्रालय अर्थात लभ मन्त्रालय : चालिसे भाइ उर्फ सुसिल चालिसे @shadowofnepal
कार्य अधिकार : दाई भाइ कसैको पनि गर्ल फ्रेन्ड लाइ लाइन हान्न न छोडेर लभ गर्या छु भनेर फुर्ति देखाउने |

१८.सैलुन मन्त्रालय : सबैको दाह्री उर्फ निरज  ‏@niraj_1974 कार्य अधिकार : दाह्री काट्नु हुदैन भनेर सबैलाई उक्साउन आफ्नै नाम दाह्री राखेर सैलुन बन्द गराउन प्रेरित गर्ने |

१९.स्वागत मन्त्रालय : हेटौडा का सिग्देल उर्फ उमेश सिग्देल @Sigdelumesh
कार्य अधिकार : हेटौडा पुग्ने जो कसैलाई पनि होटल मा  बोलाएर कमसे कम एउटो बियर ले स्वागत गर्न पछी न  हट्ने |

२०. रुप मन्त्रालय : TL कि सबैभन्दा सुन्दरी  
कार्य अधिकार : आफु राम्री छु भनेर घमण्ड त् न गर्ने तर् सुन्दर को बयान न गर्ने र  दुनियाको दिल चोरेर आफ्नो नाम चै दिलमाया राख्ने  |

२१. चियापान मन्त्रालय : त्वितर का बराजु
कार्य अधिकार : सबैलाई कफी पिएको कुरा सुनाएर थुक निल्न बाध्य पार्ने तर आफु कहिले नि न रिसाउने र सधै लुरी लाइ सम्झिरहने

२२. रमाइलो मन्त्रालय : आफुले आफैलाई मा'राज को घोषणा गर्ने फन्नी जी
कार्य अधिकार :दुनिया लाइ रमाइलो गराउन सक्रिय रहने र कुल कानुन लाइ बाल हान्दै आफ्नै पानि नझर्ने धारा देखाउने |

२३. गृह मन्त्रालय  : गृह मन्त्रालय पाउने आशमा अन्सन्बस्ने प्रयास गरेका मान्छे लाइ बाल हान्ने  Bikash ‏@BiKuKo
कार्य अधिकार : दुनिया गृह मन्त्रालय पाउने आशमा मरिहत्ते गरिरहेको बेला बाल हान्दै आफ्नो कार्य सुचारु गर्दै गृहलक्ष्मी हरुलाई सम्मान गर्ने

२४  . बतासे मन्त्रालय :: आफ्नी बुडी को बुडा हुन् नसकेनि दुनियाका बुडा Deepak Sir ‏@deepaksir
कार्य अधिकार : दुनिया लाइ बुडा भन्ने तर केटि हरुलाई बुडी भन्न नसक्ने तर बतासे हान्न मा खप्पिस 
धन्यबाद |

सबैले आ आफ्नो मन्त्रालय को काम जिम्बेवारी तरिकाले निभाउनु हुनेछ भन्ने आश लागेको छ |
श्री पशुपति नाथ ले हामि सबैको कल्याण गरुन |
जय टाईम लाइन |




 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |


(कसैलाई कुनै आप्पति भएमा राजिनामा दिन सक्नु हुनेछ | सहयोग को लागि धन्यबाद |)

Sunday, February 9, 2014

कुल कानुन २०७०

7:16 AM 6
कुल कानुन २०७०
कुल कानुन २०७०
१ यस कानुनको नाम कुल कानुन २०७० रहने छ |

२ यस कानुन को धारा पानि अनुसार जति पनि हुने छ |

३ यो कानुनको पालना गर्नु सबैको कर्तब्य हुनेछ , नमान्ने लाइ बाल हान्दै घण्टा देखाइने छ  |

  क घण्टा भन्नाले अरु कानुनले नबाझिए सम्म पुजापाठ गर्ने बेलामा प्रयोग हुने जिनिस लाइ जनाउछ चाहे    त्यो पुजा रामदेव को या काम देब को  |

४ यो कानुन खास गरि त्वितर चलाउने हरुको लागि उपयुक्त हुनेछ

५ फलो गर्ने लाइ तुरुन्त फलोब्याक दिनु एउटा होनाहार त्वितेको कर्तब्य हो र अन्फ़लो गर्ने लाइ अन्फ़लो गरेको थाहा हुने बितिक्कै घण्टा देखाई हाल्नु पर्नेछ |

६ कसैको व्यक्तिगत जीवन मा आंच पुग्ने त्वित गर्न मन लागे नाम र पेशा ले नचिनिने गरि बतासे हान्नु पर्ने छ अन्यथा यो कानुनले घण्टा देखाउने छ |

७ तरुनीहरुले देखाउने तिघ्रा लाइ केटाहरुले हेर्नु स्वभाबिक मानिने छ

८ जाडोयाम मा तरुनिले तिघ्रा देखाइन भने चिसो हात तिघ्रामा सक्दा हुन्छ

९ महिलाहरुलाई सम्मान र कदर गर्नु अत्यन्त जरुरि छ

१० महिलाहरुले भड्किलो फेशन देखाएमा तिघ्रा को बर्णन गरेर बिरोध गर्नु त्वितेको कर्तब्य हो

११ #उठाउ युवा
   क #उठाउ युवा भन्नाले युवाले उठाउने भन्ने हो
   ख कुन प्रसंग मा उठाउ युवा भनिएको छ सोहि प्रसंग अनुसार को जिनिस उठाउनु पर्ने छ
   ग केहि पनि कुरो नबुझेर के उठाउने जस्तो लागे अर्काले उठाएको जिनिस हेरेर बस्ने

१२ कसैको त्वित मन परेमा फेव गर्नु भन्दा पहिले आर टि गर्नु पहिलो कर्तब्य हुनेछ

१३ आर टि नगरी फेव मात्र गर्नेलाई यो कानुन ले पहिले सम्झाउने र तेती गर्दा पनि नमाने मा घण्टा देखाए हुन्छ

१४ अर्काको त्वित चोर्ने लाइ सार्बजनिक रुपमा घण्टा देखाएर अभिनन्दन गरिने छ

१५ समाचार का लिंक मात्र त्वित गर्ने लाइ सम्झाउने प्रयास गरिनेछ र तेती गर्दा नि नमाने मा घण्टा देखाउने सम्पूर्ण अधिकार त्विते मा निहित रहने छ

१६ फुली भन्ने शब्द सबैलाई प्रयोग गर्न सकिने छ

१७ अरुलाई बतासे हान्न रमाइलो मान्ने तर आफुलाई बतासे हान्यो कि रिसाउने लाइ घण्टा देखाए हुन्छ

१८ केटालाई फलो ब्याक नदिने तर केटि लाइ पहिले आफैले फलो गर्ने त्विते लाइ बोका त्विते भनिने छ र तेस्तालाइ सम्मान गर्दै बोकेश्वोर भनिने छ

१९ केटीको नाम मा फेक एकाउन्ट बनाएर केटा संग जिस्कने छुट जो कोहीलाई पनि छ तर तेस्ता हेन्डल लाइ तेश्रो लिंगी हेन्डल को  रुपमा चिनिने छ

२० तेश्रो लिंगी हेन्डल लाइ यो कानुनले अर्को अर्थ नलागुन्जेल  स्वागत् नै गर्ने छ

२१ फेक हेन्डल संग जिस्कदा समय काल परिस्थिति बुझेर जिस्कनु पर्छ

२२ आफुले गरेका त्वित को जिम्मेबार त्विते स्वयं हुनु  पर्ने छ

२३ व्यक्तिगत झैँ झगडा टाइम लाइन देखाउनु भनेको मुर्ख बन्नु हो

२४ कसैको ब्लग को प्रचार गरिदिनु त्विते को कर्तब्य हो

२५ यो कानुन मान्नु सबैको कर्तब्य हुनेछ अन्यथा बाल्मत्लप भनिने छ

26 कसैको हेन्डल यस्तो उस्तो भनेर अनावस्यक बकबक गर्नु सार्बजनिक अपराध हो

 27 टाइम लाइन हातले नलेखिने भएकोले शुद्ध भएन भनेर सिकाउनु भनेको मुर्खता हो

28 पुराना त्विते हरुलाई यसरि चला उसरी लेख भनेर सिकाउन आउने लाइ घण्टा देखाइने छ

29 पहिले फलो गर्ने अनि फलोब्याक पाएपछि अन्फालो गर्ने लाइ बरिष्ठ होइन फुली त्विते भनिने छ र तेस्ता लाइ तुरुन्त ब्लक गर्नु त्वितेको अधिकार मानिने छ

30 कसैले हेल्प भनेर कुनै कुरा सोधेमा जान्ने ले सहयोग गर्नु पर्ने छ

31 कुनै महिला हेन्डल मा उनको तिघ्रा वा बुबु देखिएको छ र त्यो मन पनेन भने तपाइको तिघ्रा/ बुबु देखियो भनेर सम्जाउनु त्विते को कर्तब्य हो

32 कसैको हेन्डल लाइ बिगारेर वा होच्याएर सम्बोधन गरे भने (जस्तो कुल रिम्स लाइ कुले भने जस्तो ) सर्लक्क घण्टा देखाइने छ

33 पत्रपत्रिका हरुमा छापिएका अस्लिल फोटो हरुलाई टाइम लाइन मा राखेर त्विते हरु माझ तेस्को बिरोध गर्दै बहस चलाउदा अस्लिल कार्य मान्ने लाइ यो कानुन ले माहामुर्ख ठान्ने छ

34 अस्लिल शब्द हरु लेख्न मन लागेमा इन डाइरेक्ट  रुप मा लेख्नु पर्ने छ किनकी यता सबै जान्ने बुझ्ने छन्

35 केटिहरुको बकवास ट्वीट र डकारेको पनि RT ठोक्दै बस्ने बोकाहरुलाई दण्डित गरिनेछ

36  मेन्सनको फेब आरटी त परै जाओस् रिप्लाई पनि नगर्ने बरिष्टे पारालाई नि सर्लक्क घण्टा देखाई सार्बजनिक अभिनन्दन गरिने छ।
यसका बुदा हरु त्वितेको राय सल्लाह अनुसार थपिदै जाने छ