नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Thursday, April 25, 2013

भाग्य

9:09 PM 8
भाग्य
जति गर्दापनि निको हुन् नसकेसि बुवा आमाले निर्णय लिनु भयो डाक्टरको सल्लाह अनुसार दिल्लीमा उपचार गराउन जाने, मात्र चिन्ता थियो हामि २ जना छोरा छोरीको , ९ बर्षको म अनि ६ बर्षकी मेरी बहिनि , हजुरआमाको जिम्मामा मा हामीलाई छाडेर जाने निधो भयो र मलाइ सम्झाउनु भयो बहिनीको राम्रो ख्याल राख्नु  |
--------------------------------------------------------------------------------------------------------------------

जाने बेलामा आमाले दिनुभएको २० रुपैया पाएर म र बहिनि सुरुमा औधि खुशी भएका थियौ तर जब साँझ पर्न थाल्यो आमाको याद ले सताउन थाल्यो तर बहिनि चक्लेत्मै ब्यस्थ थि , राति भात खाइसकेसि बहिनि ले भनि म हजुर आमा संग सुत्दिन मलाइ आमा नै चाहिन्छ नत्र म सुत्दिन, १ महिनाको लागि जानु भएको बा आमा, बहिनि ले पहिलो दिनमै खोजेसी मलाइ निक्कै नरमाइलो लाग्यो र फेरी भोलिपनि चकलेट किनिदिन्छु भन्दै आफै संग सुताउन मनाएर पहिलो रात बहिनीलाई मनाए |
दिन बित्दै गयो, बा आमाको को कुनै खबर थिएन, न त् टेलिफोन नै थियो न त् चिठ्ठी नै  आउथ्यो, मैले एउटा कापी भरि आमा बालाई चिठ्ठी लेखेर राखेको थिए तर ठेगाना थाहा नभएका कारण पठाउन सकेको थिन | चिठ्ठीमा बहिनि ले आमा सम्झेर रोएको अनि चंद्रु काकाले चकलेट  किनिदिएको र हजुर  आमाले गालि गर्नु भएका कुरा हरु थिए , सोच्थे पठाउन नपाए पनि आएपछि पढेर सुनाउछु , बहिनि पनि कुरा बुझ्थी म चिठ्ठी बहिनि लाइ सुनाउथे अनि उ दादा यो पनि लेख्नुं भन्दै मैले चकलेट आफुले नखाई उसलाई मात्र दिएको कुरो लेख्न लगाउथि |
महिना दिन बित्यो २ महिना बित्यो तर अहं आमा बुवाको कुनै खबर आएको थिएन , गाउघरमा कुरा चल्न थालिसकेको थियो कि मेरा बा को मृत्यु भयो अनि आमा बौलाएर उतै बसेकी छिन रे , म यी कुराहरु मेरी बहिनीको कान मा नपरोस भनि भगवान संग प्राथना गर्दथे |
_______________________________________________________________________

एकदिन साँझ बहिनीलाई देखिन , खोज्दै जाँदा बजारबाट गाउ पस्ने बाटोमा रुदै आमा बा आउने बाटोमा बसेको रैछ , मैले हिड घर्जाउ भन्दा हैन आमा आउनु हुन्छ अनि संगै जाने नि भन्दै झन् रुन थालि , अचानक किन यस्तो भयो भनेर सोच्दै निक्कै सम्झाए पछि पनि रुदै घर त् आइ तर केहि नखाई सुति | भोलि पल्ट थाहा पाए अमिरिया ले तिमर्का बा आमा मरे भनिदिएको रहेछ |

_______________________________________________________________________

बिस्तारि बिस्तारै बहिनीले आमा को कुरा गर्न छाड्दै थि , दिन भरि त् स्कुल गैन्थ्योखेलिन्थ्यो  खासै मतलब हुदैन थ्यो तर जब साँझ पर्थ्यो मलाइ २ ओटा कुराले सताउथ्यो , कि बहिनीले आमा बालाई सम्झेर रुन्थी  र सम्झाउनु पर्ने कि आमा बाको बारेमा वास्ता नगरेर जबर्जस्ति आमा बा को कुरा गरेर उनलाई बा आमा आउदै हुनुहुन्छ भनेर सम्झना दिलाइरहनु पर्ने अनि बल्ल बहिनि सुत्थी अनि म निक्कै रुन्थे र रुदा रुदै निदाउथे |
_______________________________________________________________________

बहिनीलाई  निक्कै ज्वरो आयो , हजुर आमालाए गाउले डाक्टर बोलाएर देखाउनु भयो , डाक्टरले टाईफाईद भएको छ मुख बार्नु पर्छ भन्दै एक झोला औषधि दियो , बहिनि औषधि खान नमान्ने , निक्कै दुख्ख गरेर उनलाई  औषधि खुवाउनु पर्थ्यो  , प्रतेक पटक औषधि खाने बेलामा हामि दाजु बहिनि रुने गर्थ्यौ बा आमा सम्झेर |

बारीमा निबुवा लटरम्म फलेको देखेर गाउका दिदीहरु माग्न आए मैले नि हुन्छ भने लगे साँधेर खाएछन बहिनि ले देखिछ र मागीछ उनीहरुले पनि साँधेको निबुवा बहिनीलाई दिएछन बहिनीले साँधेको निबुवा खाइछ |
निबुवा खाएसि बहिनीलाई ज्वरो ले झन् च्याप्प्यो , २ पटक त् बेहोस नै भैसकेकी थि , राति बहिनि र म संगै सुति रहेका थियौ बहिनि निदाएकि थि म बहिनीलाई हेरेर बसिरहेको थिए हजुर आमा  पल्लो कोठामा हुनु हुन्थ्यो , एक्कासि बहिनि चिच्याउदै उठेर आमा भन्दै मलाइ अँगालो हारेर कराई अनि पर्लक्क आँखा पल्टाएर ढली, म रुदै चिच्याउदै हजुर आमा लाइ बोलाए, हजुर आमाले नाडी छाम्दै भन्नु भयो नानि त् गैछ, मेरै काखमा भएकी मेरी बहिनि कहा गइ भनेर हजुर आमालाई सोधे हजुर आमा मलाइ अँगालो हार्दै रुदै भन्नु भयो यो रमेश लाइ पनि दशा लागेको रहेछ आफु कहा छ थाहा छैन यता छोरी बिति अब म के गरेर बस्ने होला भन्दै , बल्ल मैले चाल पाए  मेरी बहिनीले मलाइ र आमा बा लाइ छोडेर यस संसार बाट  बिदा लिएकी रहिछ ...

रातभरी बहिनीलाई काखमा राखेर रोएर बसे , भोलिपल्ट गाँउले हरु आए अनि सेतो कपडामा बेरेर बहिनीलाई लेर जंगल तिर गए, खाडल खाने बहिनीला त्याहा राखियो नै एक मुठ्ठी माटो दिदै भने जेठा लु पुर् अब , म चिचाए र भने अंह म बेरी बहिनीलाई पुर्न दिन्न भन्दै खाडल भित्र छिरे अनि बहिनि लाइ खामा लिएर संगै सुते , विउझिदा म घरको खाटमा रहेछु , ओरिपरी गाउले हरु थे , मैले खोइ बहिनि भनेर हजुर आमा लाइ सोधे उहा डाको छोडेर रुन थाल्नु भयो , गाउले हरु मलाइ सम्झाउन थाले , मैले मेरा बा आमा लाइ धेरै सम्झे अनि निक्कै रोए , सोचे म बा आमा लाइ कुन बहिनि दिने ? बहिनीलाई त् गाँउले हरुले गाडी सके...
                                                                                                                                           क्रमश ...

Saturday, April 20, 2013

नारि

11:55 PM 1
नारि
हे माहासुरुष हरु
तिमीलाई कुरू कुरी छ
अब म पनि तिमि हरु जस्तै भएकी छु
 हो मैले आफ्नो पाठेघर फालेको छु
अब
तिम्ले म संग घुडा टेकेर
रुदै कराउदै बिलौना गर्दै
आफ्नो बन्शज बदाउन
अलिकति डिब्बा भिख माग्नु पर्दछ
तर अह म दिनेछैन
तिम्रो बंसज बडाउने गोदाम म संग छैन
अब  मेरा योनि हरुले तिम्रा लिङ्ग को उपेक्षा गर्ने छन्
 म अब तिम्रो स्खलन लाइ कुरेर बस्ने छैन
हो म अब तिमीलाई बलात्कार गर्न सक्ने भएकी छु
अब म
तिम्लाई चाहिएको बेलाको हैन
तिमि
मलाइ चाहिएको बेलाको खेलौना बन्ने छौ
हो मेरो चाहाना पुरा गर्ने खेलौना
अब
मैले तिम्रो बन्शज बढाउने खेलको लागि
महिने पिच्छे  २/३ लिटर रगत बगाउनु पर्ने छैन
हो म अब नछुने जात बन्नु पर्ने छैन
किनकी म संग अब पाठेघर नै छैन
अब
शारीरिक रुपमा पनि म तिमि जस्तै बलोयो भएकी छु
आउ कुस्ती खेल्न
मेरा स्तन ले अब कसैलाई दुद चुसाउनु परेको छैन
त्यसैले ति दह्रा भएका छन्
ढुंगा भन्दा नि साह्रा
म अब तिम्रो शुख भोगिनी हैन
अब म
 बास्तबिक नारि भएकी छु
हो नया किसिम  कि नारि !!!