नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, September 8, 2013

स्यान्द्रि यु नो ह्वाट



शिकारी लाइ देखाउदै परिचय गराए स्यान्द्रि लाइ यु नो ह्वाट सी इज माइ फ्रेन्ड शिकारी


>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


फेरी महिनाको अन्तिम सनिवार आउदै थ्यो , सधै जाने हाइकिङ्ग जाने दिन | जाने निर्णय गरियो साथि हरु भेला भएर | टिम २ भाग मा विभाजित भयो | एकातिर को मिसन थ्यो अर्को तिर हाइकिङ्ग | समाजसेबी साथि हरुलाई मिसनको जिम्मा दिएर हामि हिड्यौ हाइकिङ्ग |
 सुन्दरी जल देखि नारान थान सम्म को यात्रा मा |

पुरानो बसपार्क मा च्या पियर यात्रा सुरु गरियो सुन्दरी जल को , मुड्डी मदन लाइ मिस गरियो र खुशी भैयो शर्किट लाइ पाएर | मान्ठा हजुर त् हुनुहुन्थ्यो नै साथ् मा ३ जना मित्र ल्याएर सोभा बढाउनु भयो हाइकिङ्ग को |
सुन्दरी जल पुगियो र खाजा खाने तरखर गरियो  | शिकारी लाइ डा खानु पर्ने झन्झट मेरो प्रस्ताब ले विफल पारिदियो र हानियो रुस्लान साथ् दिए उप्प्स ले | बाटो लागियो, उकालो को महि छोड्न मन लागेन अनि बोकियो ३ लिटर |
ठाडो उकालो खुइय गर्दै काटेसी परिचाए कार्य क्रम गरियो जहा नया मित्र बिधुत को जोडी, अनु र उहाको साथि र मान्ठा हजुर का सहयात्री , रमाइलो गरियो |
भाउजु  बिना आएका बाबाजी लाइ महि को चासो  लागो अनि चाखेर भने दामी छ |
औसराका पोइ ले बाघ को डर देखाउदै संगै हिड्न आग्रह  गर्दा नि उनि हामि संगै हुन्थे किनकी महि जो दामी थ्यो बाबाजी को भाषामा |
रमाइलो जंगल र कोरियाको वर्ड कप मा बजेको जस्तो बाजाको आवाज निकाल्ने किराको एकोहोरो संगीत कम्ता रोमाञ्चित थिएन , कुनै जोडी लाइ रोमान्टिक बनाउन काफी थ्यो त्यो म्युजिक , मैले कुचे लाइ मिस गरे :p |
एकछिन बिशार्म के गरेका थियौ साथि हरुका अंग अंग बाट जुका निस्किए , जुकाले नि कति हेपेछ भन्देखुन मलाइ छुने आँट गरेन छ |
बाटो तेर्सो , पहिरो गैर रुख लडेर बाटो छेकेको रहेछ हाम्लाई त् फरक परेन तर बाइक मा हाइकिन आउने भेटियो र चिन्ता गरियो र ठोकुवा गरियो फर्कन्छन तर उनरु फर्केनन् |
२ जोडी भेटियो र भने हामि हल्ली हल्ली आएको , साथि हरुले अनेक शंका गरे कसरि हल्ले होलान भनेर मैले ठोकुवा गरे डग्गी स्टाइल , किनकि लुगा फोहोर थिएन र पानि परेका कारण जंगल हल्का हिलो थियो , तेही झ्वोक मा महि सकाइयो |
भोक बढ्दो थ्यो , जंगल थ्यो , चुप चाप  हिड्नु को बिकल्प थिएन  |
एउटा गाउ देखियो , मुख रसाए , यस्सो छिरेको भट्टी रहेछ , साथि हरुलाई खुसीको कुरो के भनेको थिए साथि हरुले बाटो साटो बिर्सेर झरे तल , प्याक गरिसकेर नि चित्त बुझेंन र चाखियो तातो चिया |
गाँजा को खेति भएका कारण धेरै साथि मख्ख परे तेस्तो खेति देखेर |
पानि जोड ले पर्यो र हामि बस्यौ चौतारामा , काँचो  चाउचाउ संग अघिको पानि खान |
काकाबा लगाएत लेडिज ग्रुप अगाडी भएका कारण चिन्तित थियौ र सोहि कारण कुखुरा काटेर खाने शिकारीको निर्णय फिर्ता लिन उनलाई बाध्य पारियो |
अगाडी बाडियो र नारान थान पुगियो , शैनिक ले पास माग्यो , कसै संग थिएन , यस्सो सोचे कसैले दिसा पुछ्यो कि क्याहो भनेर र भने सेना दाइ अब छैन जान त् मिल्लानी ? हास्दै भने जानुस |
तल भेट भयो पभी र शर्कित को करेन्ट लाइ  | माइक्रो संग साथि कुरा गर्दैथे मैले भेटे स्यान्द्रि लाइ र भने यु  नो ह्वाट थिस इस मेरो माइक्रो  डन्ट हिड औ सितिंग गर | थ्यान्कु भन्दै बासिन र म संगै बसे , अब मज्जा आयो स्यान्द्रि संग गफ गर्न | शिकारी लाइ देखाउदै परिचय गराए स्यान्द्रि लाइ यु नो ह्वाट सही इस माइ फ्रेन्ड शिकारी | हास्ने को कमि थिएन | अनेक गफ गरियो श्यान्द्रि संग यु नो ह्वाट भन्दै | ठ्याक्कै भन्नु पर्दा अहिले उनि कुन देश कि नागरिक हान्ने नि बिर्से तर खुब रमाइलो गरे एक तर्फी रुप मा तिनी संग | शर्कित कि करेन्ट नि फायर भईन पभी को नि ऋष को सिमाना थिएन तर बाबाजी स्यान्द्रि देखेर मख्ख पर्या कारण मोबाइल हराए र सोझा महिला ले भेटेका कारण भेटे पनि |
१/२ हप्ता सम्म कुचे लाइ जिस्क्याए , यु नो ह्वाट स्यान्द्रि भनेर |

1 comment:

  1. la saro ramilo bhaeko rahecha, i really missed the moments...
    suryabinayak wala ma pani jana paina,
    next hiking ma ta sure jaanchu

    ReplyDelete