नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Saturday, June 8, 2013

दोश्रो पटक को दामी हाइकिङ्ग

एक महिना पहिले नै फिक्स भएको २५ गतेको हाइकिङ्ग जान पुरानो बस पार्क पुग्दा यसपाल ढिलो पुग्नेमा परि सकिएको  रहेछ | पहिलो पटक देखेको मान्ठा हजुरलाई चिन्ह गाह्रो भएन, काकाले कुरा काट्ने डर ले हतार हतार आफ्नो आफु जस्तै सेउसि लौरो थमाई दिनु भयो र सुरु भयो साँघु सम्म को बस यात्रा |
साँखु पुगेपछि थाहा भो धेरै साथि आउन बाँकी रहेछन | सबैले खाजा खान थाले म दिपेश लाइ कुरिरहेको थिए उसले अझ आधा घण्टा लाग्छ भनेकाले खाजा खान नेवारी होटलमा छिरियो , एक जना भद्र भलाद्मी ले चिसो बियर तानेको देखेर थुक निल्दै सितन मात्र दनकाइयो |
करिब ९ बजेतिर यात्रा सुरु भयो , र सुरु भयो ग्रुपिंग , सबै आ- आफ्नै ग्रुपिंग मा हिडिरहेका थियो , हामि ग्रुप भन्दा ठिक  अगाडी केटि हरु को ग्रुप थियो जहा इश त् हुनेनै भए :D | अनि हामि एक अर्का लाइ सोध्थ्यौ त्यो सेतो पाइन्ट लाउने को नि , त्यो कालो लाउने नि ? भनेर , पागल दाइ ले सबैलाई चिनाइदिनु भयो |
रमाइलो मान्दै रातो रातो खै  के जाती दाना खादै हामि अगाडी बढ्दै थियौ , बाटो एकदम रिङ्ग रोड जस्तै थियो उकालो ओरालोको नामोनिसान थिएन | शिकारी ले मेरो नाम कुल रिम्स रहनुको रहस्य मागे मैले नि दिए |
थकाइ मार्न बसियो र आलु खाइयो अनि आफ्नो आफ्नो परिचय दिने कार्य क्रम भयो | इश ले दवाई जस्तै चकलेट फेरी दिए |परिचय दिने क्रम मा मुड्डी मदन र अल्बर्ट ले हँसाए | मैले एकदमै छोटो तरिकाले आफ्नो परिचय दिए |
बाबाजी भाउजु ले भन्नु भयो माइन्ड नगर्नु है मैले हजुरलाई ब्लक गरेको छु हामि बुडा बुडिको लामो छलफल पछि ब्लक गरेका हौ तर मलाइ हजुरले लेखेको खुब मन पर्छ :D  |
बाटोमा बसियो एकछिन फिल्म क्षेत्रको बारेमा डिस्कस भयो तेतिखेर एकजना मेडिकल डाक्टर जसले नेपाल लाइ ओस्कार जिताउछु भन्थे अघिल्लो हाइकिङ्ग मा लाइ सबैले मिस गरे |
यात्राकै क्रम मा गहु पानी पाइयो र एकछिन बसेर बनाउन लगाएर एक एक बटुको खाइयो पागल दाइले २ बटुको भ्याए :D |
अब हाम्रो साथ् ग्रुप बाट छुट्टियो , ग्रुप लाइ देखिएन , प्रतेक मोड मा दोबाटा हरु आउथे हामि अल्मलिन्थ्यौ, पल्लो डाँडोमा ग्रुप बसिरहेको देखियो अनि मैले कहोना प्यार हे को स्टाइल मा लौरोमा चाउ चाउ को खोल हालेर झण्डा बनाएर देखाए | हामि पुग्ना साथ् बिरगंज दाइ ले एउटा खुराक देखाएर उकालो चड्न सजिलो बनाउनु भयो र करिब आधा घण्टा ठाडो उकालो चदियो र नगर कोट पुगियो | भात खुवाउन इन्द्र जी ले उपल्लो छेउ पुर्याए र खसीको मासु खुवाउछु भनेकोमा कुखुराको खुवाए त्यो पनि ब्वाइलर | खाना संगै मुड्डी मदनले ल्याएको जुस पनि हल्का सेवन गरियो :D |
हामि नगरकोट बाटै फर्किने सल्लाह गर्यौ बिकास शिकारी म अनि मुड्डी मदन ले | तर विकासले ढोका दिएका कारण हानि फेरी हिड्न बाध्य भयौ तर रमालो पाराको यात्रा गर्दै |
नगर्कोत्मै २ लिटर पानि किनेका थियौ यस्सो पिउदै हिड्दै क्या मज्जा | एकठाउमा ग्रुप भेटियो अनि मान्ठा हजुर हामि संग मिसिनु भयो , बाटो भरि काण्ड कारी  कुरा हरु गर्दै हिड्दै थियौ  झ्याप्प  पागल दाइ लाइ कथाले मागी हाल्यो |
एकठाउमा एक जना बुडालाई बाटो सोद्धा झन्नै बुडाले कुटेका किनरे भन्दा गाडी चड्ने ठाउमा किन हिडेको भनेर | हाम्लाई कुनै गाउ आयो कि भोटे वा मगर तेसतई मत्वाली को घर छ कि छैन भनेर खुब चासो लाग्थ्यो  | अलि तल पुगेसी कथाले फेरी मागी हाल्यो र झ्याप्प २ लिटर पानि फेरी किनियो पुरै ६ माना तर रमाइलो गर्न पाइएन गाडी नपाइएला भनेर , गाडीमा खानो कुरो भो गाडीमा हल्लाउने भएका ले मिलेन , बानेश्वोर मा खाने कुरो भो धेर रात परेका ले फेरी मिलेन र मैले निर्मला दिदीको मा एक्लै बजाई दिए |

यसपालिको हाइकिङ्ग मा काकाबाको लौरो मलाइ घाँडो भो :p | र अर्को पक्ष भनेको हाइकिङ्ग पुरै ग्रुप ले पुरा गरेन | र राम्रो पक्ष भने साथीभाई मा राम्रो भाइचारा देखियो एउटा ग्रुप देख्दा लाग्थ्यो दाजु बहिनीको जस्तो समन्ध छ जहा  धेरै नै  माया भरिएको छ | तिन भाग मा विभाजित भएर टुंगिएको हाइकिङ्ग मा बिकुको लाइ  धेरै बेर सम्म पागल्दाई को चिन्ता थ्यो :D |

2 comments:

  1. गज्जब रमाइलो भएछ , धरै राम्रो लग्यो हजुरको यात्रा संस्मरण :)

    ReplyDelete
  2. naya vaiharu pani thiye pani thapnu parthyo ni dai

    ReplyDelete