नितान्त आफ्नो !!

Sunday, May 12, 2013

हाइकिङ्ग

हाइकिङ्ग, जान त् एकदमै मन लाग्ने तर काम बिसेसले कहिले नि न भ्याइने भैरहेको थियो  | कुचे यसपाला चै म नि हाइकिङ्ग जान्छु है भने उनले बल्ल बल्ल आउने सनिबार नि किन जानु पर्यो पर्दैन भनिन , मैले नि हुन्छ भने फेरी दिउसो फोन गरेर जाने भएनी गैस्यो न त् भनेसी काकाबा लाइ मेन्सन गरेर जाने निधो गरे |
बेलुकी ३ बजेको को अलार्म लगाएर चाडै सुते बिहानै हाइकिङ्ग जान भनेर |

साथि गोबिन्द ले 5 बजेतिर मेन्सन गरेर फोन नम्बर दिए मलाइपनि बोलाउनु है भनेर मैले ६ बजे तिर फोन गर्दा साथि त् बल्खु पुगिसकेका रहेछन | भुवन लाइ फोन गरेर ६:३० तिर निस्किए कहिलेनी नगएको हाइकिङ्ग जान भनेर | करिब ७ बजे तिर पुरानो बसपार्क पुगिसकेका थियौ हामि | ८ बजेतिर इन्द्रध्वोज आएसि हामि गाडीमा चडेर हाइकिङ्ग हिड्यौ | सोचे गोरेटो बाटो आएसि हिड्ने होला त्यसैले अहिले गाडीमा हालेका होलान |
मत्छे गाउतिर ९ बजे पुगियो , यस्सो हेर्या ४/५ जना केटि हरु रहेछन र सोचे बाबाजिले भनेको जस्तो रमाइलो नहुने भो आज फेरी जम्मैले मेरो तिघ्रा बयान सुन्न नसकेर ब्लक गरेका मात्रै थिए उनीहरु |
पुरानो बसपार्कमै बस्ने गरि ट्वाइलेट जान मन लागेको थियो पाइएको थिएन , मत्छे गाउको होटलको ट्वाइलेट मा  छिरे बडो दामी रहेछ ट्वाइलेट पुरै बास्तु शास्त्र पाराले बनाएको , हल्का मिस्टेक भयोकि एक पत्र छाला खुलित्त हुने खालको, जान पाइयो र हल्का भइयो |
सुरुमै उकालो बाटो पर्यो फेरी बाबाजी ठुला पल्टेर खाजाको झोला मलाइ दिएर कहिले नि नहेर्ने गोरखा पत्र पदन थाले हिड्दै, कम्ता रिश उठ्या थेन मनमनै गालि गर्दै हिडे, उनि आफ्नी जीवनसंगिनी संगै आएका रहेछन हामि संग परिचय नगराएका हुनाले एउटा लालसलाम खान बाट बन्चित हुनुभयो किनभने हामि पुष्पलाल बगैचा तिर थियौ  |

स्वाउ खाने बेलामै म पुरै थाकी सकेको थिए , थकान ले मागेको थिन पछि यस्सो हेरेको सकिएछ अमिलो मन लगाएको मात्र के थिए अनन्त भाइ ले एउटो थमाई दिए अनि भन्दै थिए बाँडेर खानु है , मैले दाँत गाडी हाले |
बाटो अलि तेर्सो तेर्सो थियो रमाइलै लाग्या थ्यो, ऐसेलु भेटियो खाइयो रमाइलो मानियो , हिडियो गफ गरियो र खाजा खाने बेला भयो |
मलाइ पाउरोटी तेती मन नपर्ने भएकोले र भुवनले पहिलेनै मलाइ आलु उसिनेर ल्याएको छु भनेको हुनाले उ कता बस्छन तेसै संगै बसे र आलु २ ओटा खान भ्याए , पछि त्यो नुन राखेको प्लास्टिक चाट्न कम्ता मज्जा आथेन |
अब सुरु भयो भर्याङ्ग र मेरो भुडी को बीच दोंद्ध | पैताला सार्न नै नसक्ने अबस्था आउन थाल्यो अनि काकाबा ले आफ्नो लौरो मलाइ दिदै भन्नु भो तल माथि कतै नहेरी हिड , मन मनै सोचे तिम्लाई के थाहा बुडा अहिले टलक्क टल्कने तिघ्रा कसैले देखाएनि बाल दिने हिम्मत छैन भन्ने कुरा | चार हात खुट्टा ले घसृदै उकालो चड्दा मसक्क मस्कने पभिलाई नि भुल्न पुगेछु , छोरीलाई सम्झे बाबा नजाउन क्या भन्दै थि , एकपटक त् यस्सो कसैले फर्कने कुरो गरेपनि हुनी आँखा चिम्लेर सपोर्ट गर्ने थिए जस्तो लाग्दै थियो  | आफुलाई हाइट देखि डर लाग्ने तल हेरेको अघि आएको गाउ त् निक्कै तल पो रहेछ , पागल बस्ति दाइलाई सोधे अब कति छ उनले अझ आधा घण्टा लाग्छ भनेसी थचक्क बसे र भने म नसक्ने भए उनले चिन्ता नगर मुलासाग म बोकेर लान्छु भनेसी झिनो आश बोक्लान भनेर उकालो लागियो |बेला बेलामा ओस्कार जिताउछु भन्ने डाक्टर साप का गन्थन ले मलाइ त्यो नाक ठोक्किने उकालो चडन उर्जा पैदा गर्थो अनि उर्जा धेर होला भनेर म उहालाई छल्न खोज्थे | पेट ठुलो थियो कसैलाई मेरो पेट बोकी देउन भन्न नि नमिल्ने क्या फशाद पर्यो भने  न प्रकृति हेरियो न प्रेमी बन्न सकियो | ४/५ स्टेप उक्लादा निक्कै ठुलो काम गर्दैछु झैँ ठान्दै माथि पुगियो यस्सो हेरेको मुसुक्क मुस्कुराउने पभी त् पछाडी नै रहिछन र खुइय गर्दै बस्न खोजिन मन मनै सोचे यतै बसेनी हुने |

कै कस्लेहो काका बाको लौरो यस्सो समाउन खोज्या थ्यो मैले बाघले झैँ झम्टेर खोसे | लौरो साह्रै सेक्सी पाराको थियो | छोटो छोटो चुच्चो नभएको , यस्सो थिच्दा नचक नचक हुने , थिची रहन मन लाग्ने खालको , खुब काम को जिनिस थियो काकाबा को लौरो, पछि लहना छिर्ने बेलामा चोर्न खोजेको थिए बुडा आफुले टेक्न नपाएको सम्झी रहेका रहेछन मागी छाडे, मन अमिलो पार्दै बुझाइ दिए |

खाने बेलामा पैलेनै सुतिरहेका इन्द्रध्वोज नजिकै सुत्न गएको तिनको डुंग दुंगी पसिना गन्हाएको सरिर नजिकै सुत्नै सकिन यस्सो हेरेको मेरो नाक तिनको काखी नजिक परेको रहेछ | उठे कानेकुरा दिए यस्सो हेरे र सोचे हात्तिको मुखमा जिरा के देका होलान , मैले भने मलाइ २ भाग चाहिन्छ र लास्टमा २ भाग नै खाए पनि  |

राजा जनक सरसफाई गर्नु पर्छ भन्दै कसैलाई पलास्तिक कतै फाल्न नदी बोक्न लगाउदै थिए र त्याहा जलाउने कुरो भयो | सबै फोहोर थुपारे बाल्न ठिक्क पारे तर सलाई कसै संग पनि रहेनछ साथि भुवन र अनन्त ढुंगे युग पाराले आगो सल्काउन खोज्दै थिए अड्कली दाइ कमेन्ट गर्दै थिए म लगाएत धेरैलाई तिनको कमेन्ट मन पर्दै थियो अनन्त ले फ्याट्टै कोइराला बाट निकालेको घोषणा गरिदिए , तेतिकैमा अर्को ग्रुप पनि आइपुग्यो उनीहरु संग सलाई मागेर अड्कली दाइले चुरोट खादै आगो बाले |

अब पालो ओरालो को थियो , तेस्का बाजे ओरालो त् झन् उकालो भन्दा मापाको हुदो रैछ | अलि तेर्सो त् आकार भाइ को मोबिलको झम्के गुलेली गीतमा गाउदै हिडे तर पछि खुट्टामा ब्रेक लाग्न छोड्ने खालको ओरालो मा आपत पर्यो , काकाबा को काकाबा जस्तै सेक्सी लौरो ले ठुलो गुण लगायो ज्यान लाइ ब्रेक लगाउन |
तल चौर देखेर ज्यान फालेर दौडेको साला ब्रेक नलागेर झन्नै कान्ला मुनि पुग्या त्यापानी तेइ सेक्सी लौरो काम लाग्यो तेसैले लगायो ब्रेक तेस्रो प्रयास मा ! एउटी दिदीले सोध्नु भयो कता बाट आउनु भयो भनेर मैले शिकार खेलेर आको बाघ पाइएन हरिण उतै पोलेर खाइयो भनेर त्याँ पनि आफ्नो हावा छेक्ने अभियान लाइ निरन्तरता दिए , ति दिदि हास्नु भयो मैले रमाइलो माने |
साथि हरु कोइ अब गाडी चडन जाने भन्थे कोइ किर्तिपुर जाने भन्थे , आफुलाई गाडी चडन जान पाएनि हुने जस्तो लागिराथ्यो इन्द्रध्वोज ले उ अलि पर दुद पोखरी छ थाहा स्विमिङ्ग गर्नु पर्छ भने, यस्सो सोचे दुद त् सेतो हुन्छ नाग्गै नुहाएनि फरक पर्दैन भनेर साथीहरुलाई सुनाए कोइ कोइ हासे | बाटो तेर्सो थियो हामि हिड्न थाल्यौ , यस्सो अघि पछि हेरेर मैले जिन्गालाला को कथा सुनाए गाइघाते साथि ले नि लाहुरेको छोरो मरेको कथा सुनाउनु भयो | रमाइलो मान्दै किर्तिपुर पुगियो | दुद पोखरी भनेको ठाउमा धारो रहेछ त्यो पनि पानी  आउने |

सबै गाडी मा चद्यौ , बाटैमा हामि छुट्टियौ, खाने पाटि र नखाने पार्टी | लहना पुगियो महि र दुनाको छोइला दामी थियो | अलि पैला देखि भुवनलाई श्रीमती फोन आउदा जिस्क्याउदै थिए काकाबा ले फ्यातई मेरी कुचेलाई लहनाको ठेगाना दिएकाले बर्बाद भयो  |

त्रिपुरेश्वोर मा मलाइ पिसाब ले च्याप्यो यस्सो हेरेको मान्छे हिडिरहेका छन् के गर्ने , यस्सो बस स्टेन्ड को पर्खाल चढे  र पछाडी तिर खुट्टा झारेर बस कुरेको जस्तो गरेर दिन थाले साथि गोबिन्द्लाई मेरो स्टाइ मन परेछ उनले पनि तेसै गरे |
 साझा बस आयो तर यस्सो हामीलाई हेरेर नरोकी काँ गयो, यस्सो सोचे साला हामि जस्तोले छाड्ने खालको यो साझा बस होइन कि क्याहो झैँ लाग्यो त्यो साझा को नम्बर १२१६ थियो , एक लट कनकमणि मुर्दाबाद भनेर नारा लगाइयो , एकछिन पछि फेरी अर्को आयो अनि तेस्मा चडेर शान्ति नगर गेटमा ओर्लियम  |

आज हाइकिङ्ग किन महिनाको अन्तिम मा मात्र जान्छन भनेर सोचेको तेतिन्जेल सम्ममा पहिले गएको खुट्टा दुख्न छोडी सक्या हुने रहेछ भन्ने निस्कर्ष निकालियो |

10 comments:

  1. जान मन भएपनि जागिरले छेक्यो। धितै मार्ने खालको कमेन्ट्रिकालागि सुवासलाइ धन्यवाद। :-)

    ReplyDelete
  2. Ramailo lagyo yo blog padera, photo bhayeko bhaye jhanai gajjab hunthyo ;)

    ReplyDelete
  3. हास्दै पढ्नुपर्ने लेख । रमाईलो लाग्यो । व्लग पढिरहदा मलाई पनी गईहालु पो जस्तो लाग्यो त । :)

    ReplyDelete
  4. तेस्तै ग्रुप मिले त मलाई पनि जान मन थियो तर हास्दै पढेरै धित मारे !!!

    ReplyDelete