नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Wednesday, February 13, 2013

के छ प्रिया तिम्रो खबर ?

के छ प्रिया  तिम्रो खबर ?
फेरी आज तिम्ले मलाइ बाध्य बनायौ सम्झनको लागि ,सायद तिम्लाई याद छ होला मैले कहिलै तिम्लाई भुल्ने फुर्षद नै पाइन्
 तिम्ले बिर्शन चाहेको माया कता कता अङ्कुरित हुदैछ नि है ,
कति स्वार्थि छ यो समय फेरी आजको दिन मा ल्याएर तिम्लाई अलपत्र पारिदियो , पहिलो पटक गरेको माया ज्यादै कठोर हुन्छ है भुल्न नि गाह्रो लाग्ने खालको,
हातमा रातो गुलाब पाउदा आँखा चिम्लेर पहिलो पटक पाएको गुलाबको याद गर्यो होला है
निस्ठुरी छ समय अनि गोलो छ पृथिबी अनाहकमा मिलाइदिञ्छ बारम्बार है
चाहेर पनि छोड्न नसक्नु कस्तो बिडम्बना छै यो माया ,
मेरो अंगालोको राप किन माग्यौ फेरी जबाफ छैन है तिमीसंग , हो मपनि लाचार थिए तिम्रो मायाको अगाडी
वाक्य फुत्दैनन न त् जमेर नै बस्छ है एकअर्काको अंगालोमा हुदा
तिम्ले मलाइ कहिले पनि अस्विकार गरिनौ है मेरा हरेक मागहरुलाई , अनि कसरि म अस्विकार गर्न सक्छु तिम्रो आजको आग्रह लाइ
मैले बुझ्नसकेको माया र तिम्ले गर्न नसकेको माया कहिलै पनि बिछोडका पिडामा रोएनन है
पहिलो पटक हामीपनि रमाएका थियौ है यी प्रणय दिवसका दिन भनेर आजकाल सधै आउछन है अन्तरमनको कुना बाट
सांसारिक दुनिया भन्दा निक्कै भिन्न छ तिम्ले गर्नी माया र मैले दिने माया ?
काठमाण्डौ को लोडसेडिंग भन्दा निक्कै भिन्न प्रकृतिको छ है हाम्रो आँशु जतिखेर नि आउन सक्ने
तिम्ले म गए  र मैले राम्रो संग जाउ है भन्न नसक्नुमा नि यै आँशु बन्धक भएको थियो है
किन किन आज तिम्रा लागि यी हरफ लेख्दै छु सायद मनले घच घच्याएको हुनु पर्छ
हाम्रो मायाले हाम्रो जीवनको अर्को पाटोलाई हुर्कन  मलजल गरेको छ भन्ने मा  तिमि जति बिस्वस्त छौ म पनि तेतिकै छु
उही तिम्ले राखिदिएको नाम
कुल्रिम्स


No comments:

Post a Comment