नितान्त आफ्नो !!

Monday, February 11, 2013

प्यारी कुचे

झन्नै ६ बर्ष बितेछ आफैले खाएको कशम तोड़ेको दिन
मैले कहिलै धोका दिने छैन भन्ने मेरो आस्वासनलाई एकै धुट्किमा निल्दै आफुलाई सपर्पण गरेको थियौ है तिम्ले ,
गाउमा पालेले जागा रहो भनेर राति कराउदा म झस्कदा  तिम्ले आफ्नो अंगालोमा राखेर रुदै भनेकी थियौ म सधै एक्लै तर्संछु यस्ता आवाज संग

पैसालाई साध्यमान्ने समाजमा तेतिखेर म झस्किएको थिए जब तिम्ले पनि मलाइ हो तेस्तै मान्नु पर्छ भनेकी थियौ ,

अभाबै अभाबका बीच पनि मैले धोका दिनेछैन भन्नेमा बिस्वस्त भएर कत्ति बिचलित नभई हरेक पाइलामा तिम्ले दिएको साथ् कहिले पनि भुल्ने छैन ,

आर्थिक कारण देखाई पारिबारिक घेराबन्दीमा पर्दा पुर्णरुपमा मलाइ बिस्वस्त गराउने यतिबेला हेर्दा तिमि मात्र थियौ केवल तिमि ,

 मेरो गोजीमा पैसा छैन भनेर तिम्ले मेरो अनुहार पढेर थाहापाएको म कहिले पनि भुल्ने छैन तेसै तिम्लाई पोलेको मकै काँहा मिठो लाग्याहो र पुरै शहर छिचोल्दै धुलिखेलको जंगलमा नुन र मकै कत्ति मिठो हुन्थ्यो है ,

पुरै तीनमहिना अर्काको खुट्टामा लगाएको जुत्तामाथि अनुसन्धान गरेर किनिदिएको चप्पल हिजो तिम्ले देखाउदा आँखा तिम्रा पनि रसाएका थिए मेरो जस्तै,

 सबैलाई दशैं को रमझम लाग्दा पनि ज्वरोले थलिएको मेरो शरीर नजिक बस्दै  अर्को बर्ष हामि पनि दशैँ मनाउला है भनेको समझदा मुटु गाँठो परेर आउछ

 मलाइ औषधि किन्दा सबै पैसा सकिएर हाफ पाउण्ड पाउरोटी ल्याएर सबै मलाइ खुवाएर आफुले मलाइ खान मनछैन भन्दै भोक्कै सुतेको मैले कहिलेनी भुल्ने छैन

तरकारी किन्ने पैसा नभएर घरमा भएको अलिकति घिउ हालेर पुलाउ पकाउदै भन्ने गर्थिन आज पुलाउ खाउ है कति भात खानु

जस्तो सुकै अबस्था मा पनि काम भनेको काम नै हो भन्दै एउतै सनिबार पनि घरबस्ने आग्रह नगरेर काम मा पठाउदा मैले थाहै नपाइ उनले भबिस्यको चिन्ता गरेकी थिन सायद म अनबिग्य थिए ,

 साँझ म नफर्की खाना नबनाउने तिम्रो बानीले म लाइ सधै तिम्रो नजिक ल्याउथ्यो ,

घरपेटीले बहिनि जानेबेलाभएन म तरकारीकिन्नजान्छु भनेसीमात्र उनकोकौशीबाट म आउने बाटोबाट आँखा हटाउथिन,रक्सीले मात्तिएर आउदा भक्कानिएर रुनेनै भइन,

आज ब्यालेन्ताइन दिन हो भनेर मैले भन्दा मेरो जीवनमा सधै यस्ता दिन आउछन किनकी मेरो ब्यालेन्ताइन सधै म संगै हुनुहुन्छ भन्दा खुशीले गद्गद् भएको  थिए म

साथि संग पैसा मागेर उपहार किनिदिएको सजिलै थाहापाएकि उनले रुदै भनेकी थिन हजुरनै मेरो लागि उपहार हो मलाइ बजारिया अस्तर हालेका यी बनाबटी गुलाबले माया दिदैन

जिन्दगीलाई पैसा संग बेच्नु हुदैन भन्ने तिम्रो सिधान्तले मलाइ निडर र आत्माबिस्वासी बनायो,

राम्रोसंग परिचय नै नभई तिम्लाई गाउ पठाएर मैले आफ्नो कर्तब्य ठान्दा  तर तिमि धेरै रोएको म कहिलेनी भुल्ने छैन

आफै आबास हुनु पर्छ भन्ने तिम्रो अडानलाई मैले सहर्ष स्विकार्दा संसार जिते जसरि तिमि खुसि भएको म कहिलेनी भुल्ने छैन

महल त् बनाउन सक्दिन होला प्रिय तर एउटा बासको ब्यबस्था तिम्ले सोचेअनुरुप को बनाउन म लालायित छु ,

आफ्ना चाहाना हरु आज तिम्ले पुरा गर्न पाएको देख्दा म आफुलाई हैन तिमीमाथि गर्ब गर्छु जसका कारणले आज ति पुरा हुदैछन,

छोरीको सानो सानो खुशीमा आफु खुशी हुन् पाउनु म संसारको सबै भन्दा भाग्यमानी ठान्छु ,

तिम्रो कारणले आज म ति सबै साधन हरुलाई साध्य  परिणत गर्ने हैसियत राख्न सफल भएको छु

मलाइ बिस्वास गर  कुचे म तिमीलाई कहिले पनि धोका दिने छैन 

आज गर्बले साथि "फ्रेन्डलीकल्स" ले भने जस्तै  भन्न मन लाग्छ "कास सबैको जिन्दगि कुल रिम्स को जस्तो भैदिए"

तिम्रो कुल्रिम्स

6 comments:

  1. दाजुको ब्लग एक्चोटी सर्सर्ती हेरियो र अर्को चोटि मजाले पढियो पुरै क्रान्तिकारी पारामा

    ReplyDelete
  2. So Nice Cool Ji, Your Writing is so Lovely & dedicated :)

    ReplyDelete
  3. "महल त् बनाउन सक्दिन होला प्रिय तर एउटा बासको ब्यबस्था तिम्ले सोचेअनुरुप को बनाउन म लालायित छु,"

    ReplyDelete
  4. राम्रो लाग्यो

    ReplyDelete