नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, August 5, 2012

टुइटर परिषद पहिलो पल्ट संसोधन

6:45 PM 13
टुइटर परिषद पहिलो पल्ट संसोधन
देश मा सहमतीय सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ 

टुइटर परिषद लाइ आम जनचाहाना मुताबिक टुइटर संबिधान २०५९ http://sanubhai.wordpress.com  को भावना र मर्म अनुसार पहिलो पल्ट संसोधन गरिएको छ | 


१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : नारायण अमृत उर्फ लुरे दाइ @n _amrit

कार्य अधिकार : बरिस्ठ पाराले टुइट गर्ने अनि आर टि गनेर बस्ने |

३.उप प्रधान तथा सस्कृति मन्त्रालय : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसिले सिकाउन खोज्यो भने घण्टा देखाउने |

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @MadsArea

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost
र अर्का रक्त चन्दन जस्ता उर्फ चन्दन गुप्ता ‏@chandangoopta

कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ र अम्रिकाने डाक्टर : @CodeRuiner  र
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय : गाइ घाटे माइलो उर्फ  माइला साउ  ‏@maila_sau

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा तथा बैदेशिक मन्त्रालय :बोकेश्वोर माहादेब उर्फ गौरव खतिवडा ‏@seasonsgk
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय खोज्ने  |

१०. महिला तथा महिला कल्याण मन्त्रालय : सुस्मिता नेपाल उर्फ सुस्मिते @sushmite
कार्य अधिकार : टाईम लाइन मा जसले जे सुकै लेखोस बाल दिदै आफ्नै कुरो मात्र एकोहोरो लेखिरहने र महिला को हक र हित टाइम्लाइन मा खोजिरहने  |

११. स्वास्थ्य मन्त्रालय : यस आचार्य उर्फ S.Acharya  ‏@acharya14
 कार्य अधिकार : मुख देखाउन सधै लजाउने तर् आफु डाक्टर भएपनि देशको मात्रै चिन्ता गरिरहने  |

१२. समय मन्त्रालय : गाईघाटे गोजे उर्फ भुपाल राउत @GoGoze
कार्य अधिकार : कति बज्यो भनेर घण्टा हल्लाउदै सबैलाई जानकारी दिन नबिर्सने र घडीको ब्यापार गर्ने  |

१३. भाडावाल मन्त्रालय : अरुले  भन्दैनाकी भनेर नामको पछाडी दाइ झुन्ड्याउने लेंदाई उर्फ लेलिन बन्झाड़े |
कार्य अधिकार : गालि गर्न न छाड्ने चाहे तो राजनेता होस् वा घर नेता

१४. यातायात मन्त्रालय : बिराटनगर को  अन्ते उर्फ अनन्त कोइराला  @AnantaBrt
कार्य अधिकार : राजमार्ग जीवनका मूल आधार भन्ने तर् गाडी एकनास ले दौराउन न सक्ने , कहिले  अगाडी त् कहिले पछाडी मात्र गरिरहने  |

१५ खेलकुद मन्त्रालय : सुजन र अधिकारि उर्फ सुजन  अधिकारी  ‏@nepsoldier03
कार्य अधिकार : खेल लाइ कुदाउदै तेस्को बिकास खोज्न खोज्ने  |

१६ जनसंख्या बृदि मन्त्रालय :बरुणले खोलेको कम्पनि उर्फ बरुण कम्पनि  ‏@brnpkrl
कार्य अधिकार : कम्पनि नै खोलेर जनसंख्या ब्रिधि गर्न सहयोग गर्ने र चिन लाइ उछिन्ने प्रयास गर्ने |

१७.मायालु मन्त्रालय अर्थात लभ मन्त्रालय : चालिसे भाइ उर्फ सुसिल चालिसे @shadowofnepal
कार्य अधिकार : दाई भाइ कसैको पनि गर्ल फ्रेन्ड लाइ लाइन हान्न न छोडेर लभ गर्या छु भनेर फुर्ति देखाउने |

१८.सैलुन मन्त्रालय : सबैको दाह्री उर्फ निरज  ‏@niraj_1974 कार्य अधिकार : दाह्री काट्नु हुदैन भनेर सबैलाई उक्साउन आफ्नै नाम दाह्री राखेर सैलुन बन्द गराउन प्रेरित गर्ने |

१९.स्वागत मन्त्रालय : हेटौडा का सिग्देल उर्फ उमेश सिग्देल @Sigdelumesh
कार्य अधिकार : हेटौडा पुग्ने जो कसैलाई पनि होटल मा  बोलाएर कमसे कम एउटो बियर ले स्वागत गर्न पछी न  हट्ने |

२०. रुप मन्त्रालय : TL कि सबैभन्दा सुन्दरी उर्फ जयन्ति पौडेल  ‏@knchn19 
कार्य अधिकार : आफु राम्री छु भनेर घमण्ड त् न गर्ने तर् सुन्दर को बयान न गर्ने र  आफु सधै टिन यज को छु भनेर नाम को पछाडी १९ झुन्ड्याई  रहने  |

धन्यबाद |
सबैले आ आफ्नो मन्त्रालय को काम जिम्बेवारी तरिकाले निभाउनु हुनेछ भन्ने आश लागेको छ |
श्री पशुपति नाथ ले हामि सबैको कल्याण गरुन |
जय टाईम लाइन |




 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |


(कसैलाई कुनै आप्पति भएमा राजिनामा दिन सक्नु हुनेछ | सहयोग को लागि धन्यबाद |)