नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Tuesday, July 31, 2012

टुइटर परिषद

देश मा सहमतीय सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ

१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : नारायण अमृत उर्फ लुरे दाइ @n _amrit

कार्य अधिकार : बरिस्ठ पाराले टुइट गर्ने अनि आर टि गनेर बस्ने |

३.उप प्रधान तथा सस्कृति मन्त्रालय : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसिले सिकाउन खोज्यो भने घण्टा देखाउने |

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @ipagalbasti

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost
र अर्का रक्त चन्दन जस्ता उर्फ चन्दन गुप्ता ‏@chandangoopta

कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ र अम्रिकाने डाक्टर : @CodeRuiner  र @sahiladai
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय : गाइ घाटे माइलो उर्फ  माइला साउ  ‏@maila_sau

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा तथा बैदेशिक मन्त्रालय :बोकेश्वोर माहादेब उर्फ गौरव खतिवडा ‏@seasonsgk
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय खोज्ने  |

 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |

11 comments:

  1. धन्याबाद। आफ्नो कार्य क्षेत्रको बिकास मन लगाएर गर्ने बाचा गर्दछु। हेहे।

    ReplyDelete
  2. भागबन्डा चित्त बुझ्दो देखिएको स्थिति छ । साना पार्टीहरुको पनि ख्याल गरेर फेरी पनि टुइटर परिषद विस्तार गरि जम्बो टुइटर परिषद गठन हुन्छ भन्ने हाम्लाई लाई रा' छ ।

    ReplyDelete
  3. मन्त्रीपरीसदमा पर्नु हुने सबैमा हार्दिक बधाइ,

    ReplyDelete
  4. लास्टै हसाउँछ, मलाई नि यसो एउटा मन्त्रालय मिलाईदेको भए यो जन्ममै मन्त्री होईन्थ्यो ।

    ReplyDelete
  5. अब चाँही छिट्टै बिकास होला जस्तो छ है....बिजुली मन्त्रालय खाली भएमा मलाई सम्झिनु होला है

    ReplyDelete
  6. समाज कल्याण मन्त्रालय-लेनिन बन्जाडे
    कार्य बिभाजन‌‍:गच्छदारला‌ई गालि गरेर समग्र देशको कल्याण गर्ने

    ReplyDelete
  7. malai pane kehei ta denu parne ho :'( bholi twitter ma chakka jam gardinchu :\ :D

    ReplyDelete