नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Monday, March 26, 2012

म मरिसकेको यो शहर को चिसो मान्छे...

सम्भोगनै नगरी स्खलित भएको लिंग जस्तो
कहिल्लै ठाडो आँखाले हेर्न नसक्ने,
एक तमाश ले आशाको दियो निभ्न नदिने
आस्वासन मा मात्र सिमित मान्छे हरुको झुण्ड को सहयात्री ,
लास संग मात्र एकोहोरो सम्बाद गर्न जान्ने संख जस्तो
म मरिसकेको यो शहर को चिसो मान्छे


जबर्जस्ति पहिलो रातमै बलात्कृत हुनुपर्ने नव दुलही जस्तै निरिह ,
 जस्तो सुकै पीडालाई एक्गीलाश कडाले सजिलै भुल्न सक्ने
म मरिसकेको यो शहर को चिसो मान्छे


खुशी साट्ने समय र स्थान नभएको ,
अलिधेरै तातो अनि रगत ले सिन्चिएर भएको रातो को बीच मा
जबर्जस्ति वार्ड फ्लु लगाएको परेवा उडाएर शान्ति खोज्ने
म मरिसकेको यो शहर को चिसो मान्छे


बिद्वानै बिध्वान बीच को
म पढेलेखेको अज्ञानी लम्पट स्वाँठ अनि विद्वत बर्गको
म मरिसकेको यो शहर को चिसो मान्छे

चार हात वस्त्र र २०/२५ किलो दाउरा को लागि सिनो लुछाचुडी गर्ने ,
आफ्नो परिचय नपाएर आफै संग बेला बेलामा मागिरहने
प्याशी योनी संग गुत्मुन्तिन आतुर लिंग जस्तै
कहिल्लै झुक्न नजानेको धरहरा जस्तो
म मरिसकेको यो शहर को चिसो मान्छे

11 comments: