नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Tuesday, February 14, 2012

प्यारी प्रिया

ल प्रिया,
आज प्रेम दिवस को उपलक्ष्य मा तिमीलाई धेरै धेरै शुभकामना , अनि त्यो उजाड अधर मा यो ओसिलो चुम्बन,

के प्रिया हाम्रो प्रेम पनि सहिद दिवस जस्तै हो त् एकदिन सम्झने ? मेरो प्रेम मा सहिद लाइ जस्तो फुल को माला नलगाइदेउ !!

म संगै जीवन बिताउनु र प्रेम गर्नु लाइ नितान्त फरक ठान्छु तिमि पनि तेसै थानिदेउन है प्रिया

म हाम्रो प्रेम लाइ कुनै गुलाब को फुल ले जोख्न सक्दिन प्रिया , आउ आज पनि आँखाले प्रेम गरौ स्खलित नहुन्जेल सम्म,

तिमि रातो गुलाब फुलेको देख्दा आफ्नो प्रेमी सम्झन्छौ होला प्रिया म त् बसन्त आएछ भन्छु ,

हो म रुखो प्रेम गर्छु प्रिया तिमीसंग तेसैले त् मेरो प्रेम जीवन्त छ,आउ फेरी एकपल्ट सम्भोग गरायौं तिम्रो स्वार्थ अनि मेरो भावाना को

मलाइ तिम्रो बाणी कहिल्यै कोकिल लागेन प्रिया लाग्यो बस तिम्रो छटपटाह को माया , तेसैले तिमीलाई पूर्ण सन्तुस्टी मिल्यो है प्रिया,

तिम्रो बुझाइ र मेरो जीवन नितान्त भिन्न छ है प्रिया तिम्रो र मेरो लिंग जस्तै,तिमि कोमलता मा मात्र निदाउन सक्छौ म कठोरता साथ् प्रेम गर्छु,

तिमीले आफ्ना लाजका गहना देखाएर गरेको प्रेम भन्दा त् मेरो मुटु चिर्ने गरि गरेको कठोर प्रेम नै रमाइलो थियो है प्रिया,

हिजो त् छोडेको हैन हाम्ले , फेरी किन ? तिमीलाई त्यो सब अधिकार अझ पनि छ ,
मलाइ लाज्ज़बती नबनाउ न प्रिय,


तिमीले मेरो अंगालोको राप मा संसार भुल्दा मैले बल्ल आफ्नो धरातल देखेको थिए प्रिया,

मेरो जीवन को न उदगम बन्न सक्यौ तिमि न त् अन्त नै प्रिया, मैले तिमीले जस्तो गणितीय हिसाब गरेर प्रेम गरिन प्रिया जुन सुन्ना बाट सुरु हुन्छ,

मलाइ गणित पटक्कै मन पर्दैन प्रिया किन भने तेस्को अघिल्लो कदम सुन्ना थपेर गरिन्छ, आउ हामि बैज्ञानिक तवरले प्रेम गरौ जसको बिकल्पै हुदैन,

हाम्रो जीवन मा सधै प्रेम दिन हरु थिए है प्रिया जसलाई तिम्रा कोमलता माथि मेरा कठोर समय ले प्रतेक दिन बलात्कार गर्ने गर्छ,

तिम्ले देखेको त्यो कोमलता को संसार अघि उभिएको छु प्रिया म आज अनि क्षितिज तिर नियाल्दै मेरा कठोर माया सम्झदै छु,

मैले कहिल्यै तिमीलाई भुल्ने प्रयास नै गरिन प्रिया तेसैले आज मैले तिमीलाई सम्झनु नै पर्दैन,

म मेरो माया एउटा कार्ड मा लेखेर सिमित पार्न सक्दिन प्रिया तेसैले यो टेलिफोन को रिसिभर लाइ फेरी एकपल्ट तताउदै छु अन्तिम पल्ट हामि ताते सरि,

तिम्ले सोचे जस्तो त् म स्वार्थि पक्कै पनि होइन तिम्ले नै निम्ता देखि थियौ रातो होलि खेल्ने हैन र प्रिय ?

आज मेरा प्रतेक वाक्य हरु एउटा हरफ बनेका छन् प्रिया किनकि तिमि मेरो लागि कहिल्यै पनि वाक्य मा सिमित हुन् सकिनौ, म आफु लाइ सधै तिमि भित्र पाउछु सायद तिमि पनि ,

समय ले साथ् दिएछ भने तिम्रा बर्णन फेरी गर्दै गरौ है , प्रिया
उही तिम्रो

कुलरिम्स

4 comments:

  1. आज मेरा प्रतेक वाक्य हरु एउटा हरफ बनेका छन् प्रिया किनकि तिमि मेरो लागि कहिल्यै पनि वाक्य मा सिमित हुन् सकिनौ, म आफु लाइ सधै तिमि भित्र पाउछु सायद तिमि पनि... i love this

    ReplyDelete
  2. Hi, nice post; explains the gender differentials of lovers - the way things r perceived & felt by each. Well done!

    ReplyDelete