नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Saturday, October 22, 2011

:::मेरो पहिलो क्याम्पिंग अनि ४४ रुप्पेको सगुन :::

8:30 PM 4
:::मेरो पहिलो क्याम्पिंग अनि ४४ रुप्पेको सगुन :::
आचार्य सुदिप को फोन आउना साथ मन फुर्लुंग भैसकेको थियो कहिले नगएको क्याम्पिंग जान | पहिले नजाने भनेको मैले पछी पुजारी को अनुरोध मा जाने निधो गरियो | का जाने के के लाने कुनै जानकारी थिएन थिएन सबै सुदिप ले जानकारी गराए सोहि बमोजिम सुक्रबार नै पुजारी लाइ बोलाएर गोदाम गए त्याहा सिलिपिंग ब्याग थियो | जाने दिन आयो सनिबार , बुडिले भन्दै थि फुन चाइ गर्नु नि, बिहान ६ बजेतिर पुजारी को फोन आयो र भन्यो ओए उठ जान ढिलो भैसक्यो , मैले उसलाई मेरै मा बोलाए उ पनि ७ बजे मेरोमा आइसकेको थियो , मैले आफु खान ठिक्क पारेको चिया आधा उसलाई दिएर चिया खाने काम छिट्टो सके, अनि लुगा लाएर हामि हिड्यौ तेस्तै ७.२० जति भाथ्यो होला . पुजारी ले बियर खाने कि भन्यो मलाइ मन लागेन र भने भो उतै बल्खुमै खाउला जाउ भने ,हामि ७.३० मै बल्खु पुगिसकेका थियौ आचार्य लाइ १ कप चिया खएसी मात्र फुन गरियो उ तेस दिन निक्कै बेस्था रहेछन , मलाइ अझ पुजारी ले बियर खाउ भनेको आद आइरहेको थियो र यसो उसो बियर खाने ठाउ हेर्न थाले हस्पिटल एरिया भएर होला मैले देखिन अनि मलाइ हामि जाने बाटो राम्ररी थाहा थियो साँगुरो सडक अनि निस्फिक्री चल्ने टाटासुमो, मलाइ बियर खाने आँट आएन र खाइएन्  पनि . हामि साथि हरुको प्रतिक्ष्या मा फुन लगाउदै बस्यौ |
मेरो बाइक को पछाडी पुजारी बसेको थियो उ बारम्बार बियर खाने कुरो गरिरहेको थियो मैले ठाडै त् नाइँ भनेको थिन तर डर लागिरहेको थियो उसलाई बाइक चलाउन aaudaina  र मलाइ लाग्यो भने बिजोक हुन्छ भनेर ,फर्पिंग मा सबै जना को भेट भो , सुदिप को सल्लाह बमोजिम अगाडी उ र सबभन्दा पछाडी मेरो बाइक थियो हामि अघि बढ्दै थियौ , पागलबस्ती को बाईक एकदमै सुस्त गतिमा अघि बादी रहेको थियो र म उसको पछाडी पछाडी थिए , मेरो हेल्मेट को सिसा ले मलाइ एकदमै अप्ठ्यारो पारेको थियो मैले रोकेर परागको खोल ले तेस्लाई मिलाए यतिन्जेल मा पागलबस्ती को बाइक निक्कै टाडा पुगेछ पुजारी अलि डराएको भान भो मलाइ अनि मैले बेस्सरी कुदाए |
सिस्नेरी होटल मा पुग्ना साथ् मलाइ अलि थकान भएको महसुस भो अनि मैले सुदिप को झोला खोले र सबै लाइ भाग लगाएर १ प्याग लगाए , लुरे दाइ को अनुरोद मा फेरी अर्को फेरी अर्को गरि बोतल रित्याइएछ् | सुदिप र दिपक ले ठाउ हेरेर आइसक्दा उता गाडी चढेर आइने अरु साथि हरु नि आइसक्या थिए |
मलाइ सुदिप ले दाउरा खोजेर ल्याउने आदेश दिए , मैले यसो बिचार गरेर नजिकैको घर मा गए दाउरा दिन मिल्दैन भन्यो ति बुदा ले अनि यसो बिचार गरेर घ्वाप अँगालो मारेर मेरा मित तिमि एता पो छौ मैले का का तिमीलाई खोजे भनेर तिनको सिर को टोपी आफुले लगाए अनि मितिनी ज्यु खोइ भनेर गफ दिए बुदा अलि सोझा रहेछन र अलिकति दाउरा लानु भने मैले पागलबस्ती लाइ भएजति बाध भने बुदा मानेन अनि फेरी मेरा मित तिमीलाई भोलि २ ओटा रुख काट्न मिलाइदिन्छु भने उसले रुख काट्न मिलाउनु पर्दैन मित को नाता लाको हुनाले लैजानु भन्यो  |
अनि भेट भो जिन्गलाला संग | उसले तपाईहरु शहर बाट आको मान्छे के सिल प्याक खाने या त् गाउको शुद्द पाइन्छ तेइ खानु पर्छ भनेर गफ दियो | मलाइ नि हो जस्तो लागेर उसलाई लिएर गए अर्ग्यानिक लिन |
एकजना बुदा बा रहेछन अर्ग्यानिक का मालिक भर्खर बनाएको भन्दै चाख्दै रहेछन , जिन्गलाला ले शहर बाट आउनु भाका हाम्रा पाउना भन्न साथ् बुदा ले गिलास थमाई हाले र भने मेरा छोरा जस्ता हुनु हुदो रहेछ ल सिनित्त पार्नुस भने मैले सकी नसकी बुदा ले भनेजस्तो गरे , आँखा चिम्म गरेर, बुदा ले फेरी गिलास भरिदिए एक पछी अर्को गर्दै बुदाले जबर्जस्ति ४ गिलास खुवाए , पछी ४ माना को मात्र पैसा ल्याएको मलाइ बुदाले खुवाएको सगुन को ४४ रुपैया माग्दा म तिन छक्क परे | मैले छैन म पछी दिन्छु भने गाउका सोझा बुदा ले पत्याए |
फर्कदा क्याम्प मा रौनक बडी सकेको रहेछ |
फेरी जिन्गलाला ले जिन्गलाला ल्याउछु भन्यो मैले जा भनेर पठाए |
पागल बस्ति ले गाएको हेरन हेर कान्छा ... भन्ने गित मा खुप उफ्री उफ्री नाचियो  |
मलाइ त्यो ४४ रुप्पेको सगुन ले सुतायो र सुतेछु |
रातको १२ बज्या होला मलाइ पुजारी ले उठायो हामि बाहिर आयौ सबै सुतेका रहेछन मलाइ अलि खान मन लाग्यो र खोज्न थालियो अनि भेटिएन अनि मैले हल्ला गरेर सबै लाइ उठाए पागलबस्ती मात्र बाहिर आए , अनि म सुदिप लाइ खोज्न थाले पुजारी ले सुदिप केटि लियर उ त्यो घरमा गाको छ भनेर गफ दियो म तेही जान्छु भने अनि उसले भूत आउछ भन्यो मैले म भुत लाइ ...भने सबै क्याप भित्र बसेका साथि हरु गलल्ल हासे म अझ मचिन्न थाले . अनि दिपक ले आफुले राखेको १ बोतल दिए अनि सुरु गरियो खान |
लुरे दाइले सुदिप को बाइक वाट पेट्रोल निकालेसी  मज्जा ले आगो बल्यो तर ति दाइ सुत्न गए |
पुजारी मासु पोल्ने म र पागलबस्ती खाने अनि हासो मज्जा नाच गान सुरु गरे |
अनि मलाइ अचानक हेल्लो मुकुको याद आयो अनि पुजारीलाई सोधे उसले के खाए भनेर उसले काचो बन्दा देखाएर यै खाका हुन् भन्यो |
मलाइ माया लायो र मैले भने मेरा मुकु बाहिर आउ मैले तिमीलाई बन्दा पोलिदेको छु | मैले बन्दा आगोमा हालेर पोले तर उनि भित्र हासेर बसे बाहिर आएनन |
 बोतल सकिएसी पागलबस्ती ले मलाइ लिएर सुत्न गए |
बिहान उठ्दा बस्ति नुहाउदै रहेछन मा पनि नुहाए |
अनि सबैको भित्रि कट्टु मैले पानि मा बगाइदिए |
अफिस जानु थियो बाइक चलाएको निक्कै अफ्ठ्यारो महसुस भो अनि अलि फ्रेश हुन होटल पुग्ने बितिक्कै १ बोतल बियर खाए |
तर आँट आएन बाटो अप्ठेरो थियो मलाइ अलि लागेको थियो |
भात खाएर जाने निर्णय गरे अनि अर्को बोतल बियर खाए पुजारी ले म पनि खान्छु भन्यो र हुन्छ भन्या उसले जम्मा ६ बोतल खाएछ मलाइ त् पैसा तिर भन्यो मैले खाको २ र उसले खाको ६ गरि ८ ओटा को पैसा मैले तिरे |
पुजारीको मोबाइल लुरे दाइले अघिल्लो दिन देखि नै बोकेका थे |
हामि हिडेको बेला म सबभन्दा पछाडी थिए , अलिअलि लागि राको थियो अनि पुजारी बस्ने नसक्ने भाका थिए अनि डर लागेको थियो कतै पुजारी निदाए भने ...
अनि एउटा  उपाए निकाले र पुजारी लाइ "मैले तिम्लाई कति मन पराउछु भन्ने daraauchhu " भन्ने गित गाउन लगाएर दछिन्काली पुगियो | तेहा १ बोतल बियर मैले खाए पुजारी ले पनि खाए लुरे दाई र पागलबस्ती ले नि खाए |
त्या पुजारीको फोन लुरे दाइ संग थियो  | हामि हिडियो तेस्पछी तौदह मा चिया सुदिप दिपक पुजारी र मैले खायौ |
अनि हाम्रो भेट भएन | मैले एकछिन बल्खुमा कुरे अनि फेरी हिडे |
पुजारी लाइ घरमा छाड्दा उसले मेरो मोबाइल खोइ भनेर सोधेको थियो मैले नि लुरेदाई संग छ भनिदिए |
घर मा फोन नगरेको भनेर खुब गालि खाइयो |
भोलि पल्ट त्वित्तेर खोल्दा एक जना मित्र ले " कास हामि सबैको जिन्दगी कुल्रिम्स को जस्तो भैदिए " भनेर लेखेछन .|